FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँसभाको नवौं (हिउँदे अधिवेशन) सम्पन्न

२०७७ पौष २७, राक्सिराङ्ग गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट आ.व.२०७७/७८ को  बजेट संसोधन, स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, गाउँपालिकाको केन्द्रीय प्रशासनिक भवन र चेपाङ संग्राहलय भवन निर्माण बहुवर्षीय ठेक्का प्रणाली मार्फत अघि बढाउने, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने, गाउँ सभा अन्तर्गत विधायन समिति, लेखा समिति, र सुशासन समिति गठन गर्ने र चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षा गाउँ सभाबाट अनुमोदन गर्ने गरि जम्मा ६ वटा प्रस्तावहरु सर्वसहमतिले पारित गरियो ।

अधिवेशनको उदघाटन समारोहमा  प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय श्री ओम बहादुर ग्लानज्यू थिए भने कार्यक्रममा  पार्टी प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

अधिवेशनको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उल्लेख योगदान पुर्याएका व्यक्ति एवं संघ संस्थाहरु साथै गाउँपालिकाका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मानित तथा पुरस्कृत  गर्नुका साथै  चेपाङ, तामाङ र नेपाली भाषामा तयार अडियो नागरिक बडापत्र र कक्षा ५ सम्मका लागि तयार स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक समेत सार्बजनिक गरियो। 

आर्थिक वर्ष: