राक्सिराङ्ग गाउँपालिकाले चेपाङ विकास समन्वय समिति, राक्सिराङ्ग मार्फत गाउँपालिका भित्रका कक्षा ११ र १२ मा अध्ययनरत ३३ जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति स्वरूप क्रमश रु सात हजार र रु. दश हजारका दरले रकम प्रदान गरेको छ |
आज मिति २०७६/०३/१९ गतेका दिन राक्सिराङ्ग गाउँपालिकाको वडा नं.५ चैनपुर स्थित राक्सिराङ्ग गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यक्रम सम्पन्न गरियो |
राक्सिराङ्ग गाँउपालिकाले मनहरी चैनपुर सडक निर्माणबाट हुन गएको वातावरणीय क्षतिको पूर्ति गर्न सडक किनारामा वृक्षारोपण गरेको छ | आषाढ १४ गते रहेको राष्ट्रिय वृक्षारोपण दिवसको अघिल्लो दिनबाटै गाउँपालिकाले यो अभियानको सुरुवात गरेको छ | ६ कि.मी.