राक्सिराङ्ग, बैशाख १०, "राक्सिराङ्गको अपेक्षा, सबैलाई पुर्याउँ शिक्षा" भन्ने नाराका साथ राक्सिराङ्ग गाउँपालिकाले बिद्यार्थी भर्ना अभियान २०७६ औपचारिक रुपमा एक कार्यक्रम गरि सुभारम्भ गरेको छ | श्री राष्ट्रिय मा.वि.,राक्सिराङ्ग ६ सिलिङ्गेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मोतिलाल प्रजाको
मिति २०७५ चैत्र २१ देखि २७ सम्म राक्सिराङ्ग गाउँपालिका वडा नं.०७ को आयोजनामा उक्त क्षेत्रका सेवाग्राहीलाइ उनीहरुकै गाउँटोलमा नि:शुल्क घटना दर्ता शिविर २०७५ संचालन गरि सेवा प्रदान गरियो | यस कार्यक्रम मार्फत २५० भन्दा बढीले जन्म, मृत्यु , विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता गराए |
लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।