यहि मिति २०७५८/०२/१२ र १३ गते राक्सिराङ्ग गाउँ पालिकाले कुखुरा पालनमा इच्छुक ३० जना कृषकहरुलाई ब्यवसायिक कुखुरा पालन सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ |
यहि मिति २०७५/०२/१० गते राक्सिराङ्ग ०३ सरिखेत स्थित सुर्योदय मा.बि .को नब निर्मित भबनको उद्घाटन गरिएको छ | ३ नं. प्रदेशका मुख्य मन्त्रि श्री डोरमणि पौडेल प्रमुख अथिति रहेको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्गको पनि उपस्थिति थियो |
यस राक्सिराङ्ग गाउँपालिकामा यहि ९, १० र ११ गते पशुपालन सम्बन्धी ३ दिने चेतना अभिबृद्दि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कुल ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो |
यहि मिति २०७५/०२/१९ गते राक्सिराङ गाउँपालिका वडा नं.०९ खैरांग, डण्डार वडा कार्यालयमा सार्बजनिक सुनुवाई कार्यक्रम हुने भएकाले उपस्थितिको लागि अनुरोध हार्दिक छ |
मिति २०७५/०२/०७ गते यस राक्सिराङ्ग गाउँपालिकाले यातायात गुरुयोजनाको लागि प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो | छलफलमा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल लगाएत उपाध्यक्ष , प्रमुख प्रसासकिय अधिकृत, गाउँ कार्यपलिकाका सदस्हरु र वडा सचिबहरुको पनि सहभागिता थियो | कार्यक्रममा रिडेको प्रा.
मिति २०७५/०१/२८ गते यस राक्सिराँग गाउँपालिका वडा नं ०९ खैराँग स्वास्थ्य चौकीमा कुष्ठरोग पत्ता लगाउन दक्ष तथा तालिम प्राप्त डाक्टर द्वारा निशुल्क चर्म रोग तथा अपांगता शिविर संचालनमा कुल १३२ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरियो | जसमा ०२ जनाको कुष्ठरोगका लागि नमुना सङ्कलन र ०५ जनाको क्षयरो