मिति २०७५/०४/१७ गते हिमाली देविटार टोल विकास संस्थाले राक्सिराङ्ग-०८ काँकडामा मनहरी इलाका बन कार्यलयबाट लगभग ४६० बिभिन्न जातका बिरुवाहरु लिई वृक्षारोपण कार्यक्रम गरेको छ | कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी, शिक्षक लगाएत स्थानीय बासीको समे
राक्सिराङ्ग गाउँपालिका वडा नं ७ धिराङमा बिजुली उत्पादन गरि बत्ति बालिएको छ। स्थानीय शंखरे खोलाबाट ९ किलोवाट बिधुत उत्पादन गरिएको हो | राक्सिराङ गाउँपालिकाको २० लाख रुपियाँ र जनश्रमदान समेत गरी कूल ३२ लाख रुपियाँमा पेल्ट्रिक सेटबाट बिजुली उत्पादन गरिएको हो । पेल्ट्रिक सेटको उद्घाटन गर्दै ३ नं प्र
मनहरी चैनपुर सडक ट्रयाक खुलेयता बाटोमा बढेको यात्रुको संख्या संगै पसलहरुको संख्या पनि बढेको छ साथै माथिल्लो भेगका जनताहरुले उत्पादित तरकारी र फलफुलहरुको समेत राम्रो बजार पाउन थालेका छन् |
सिलाईकटाई सीप सिकेका राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का २२ जना महिलाहरुका लागि सिलाई मेसिन बितरण गरिएको छ । लिचा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोग तथा समन्वयमा गाउँपालिकाले उक्त कार्यक्रम गरेको हो |
राक्सिराङ्ग गाउँपालिकाले कुल १४ जना दलित छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ | १०+२ का १० जनालाई रु.८,०००/- , स्नातकका ३ जनालाइ रु.१४,०००/- र स्नातकोत्तर तहका १ जलाई रु.१८,०००/- का दरले छात्रवृत्ति प्रदान गरिएको हो |
मिति २०७५/०३/२६ गते भूक्षय नियन्त्रणका लागि थोप्लासी निंगुरेटार टोल विकास समितिको आयोजना तथा राक्सिराङ्ग गाउँपालिकाको सहयोगमा वृक्षारोपण कार्यक्रम आयोजना गरियो |
मकवानपुर, राक्सिराङ्ग गाउँपालिकाले सरिखेत ०३ मा वडा नं. १,२,३,४ र ५ नं. का वडाहरुलाई समेटेर २०७५//०३//२६ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ |
मकवानपुर, राक्सिराङ्ग गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई लक्षित गरि CTEVT नेपाल भारत मैत्री बहुप्राबिधिक संस्था तथा राक्सिराङ्ग गाउँपालिका कार्यालयको संयुक्त आर्थिक, प्राबिधिक एवं ब्यबस्थापन सहयोग र प्रवाह छिमेकी नेपाल संस्थाको सहकार्यमा सिपमुलक ३ महिने सिलाइ कटाई, कम्प्युटर र १ तह वेल्डिंग त
राक्सिराङ्ग गाउँपालिकाले पशु विकास कार्यक्रम अन्तर्गत १०० % अनुदानमा होलेस्टिक जर्सी जातको १० वटा गाइ वितरण गरेको छ | साथै ८७.५ % को २ वटा र ८५ % को ६ वटा गरि कुल ८ वटा बोयर जातको बोका वितरण गरेको छ |
राक्सिराङ्ग गाउँपालिकाको नयाँ आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रमका साथै अनुमानित आय र व्ययको विवरण प्रस्तुति गर्दै तेस्रो गाउँसभा सम्पन्न भएको छ | सभामा सभाध्यक्ष श्री राजकुमार मल्लले नीति तथा कार्यक्रम र उपाध्यक्ष श्रीमती निर्मला हिम्डुङले प्रस्तुत गर्नु भएको बिनियोजन विद्येयक र आर्थिक